image
image

सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्छ : सांसद देवकोटा

 

काठमाडौं, २४ साउन । सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न उपयुक्त हुने राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनले छानबिन समिति गठनको माग जायज भएपनि सदन नै अवरुद्ध गराउनु पर्ने अवस्था नभएको दाबी गरेका छन् ।

‘सरकारले पनि छानबिन गरिरहेको छ ठिक छ । तर संसदीय समितिले छानबिन गरेर पनि त्यो दिने सरकारलाई नै हो । त्यसैले यो सत्ता पक्ष यो कुराबाट भाग्नु पर्छ जस्तो मलाई लाग्दैन् । यो विषय जायज छ छानविन समिति बनाउँनु पर्छ । ’

उनले भने ‘पटक पटक संसस अवरोध गरेका छन् । प्रतिनिधि सभामा भागबन्डा मिल्दैन अनि त्यसको सिकार राष्ट्रिय सभा भएको छ । प्रतिनिधि सभामा विवाद हुन्छ अनि त्यसको खाँमो चिथर्ने काम हुन्छ । यो नहोस् । ’

उनले वार्षीक क्यालेन्डर बनाउन उनको माग छ । ‘मलाई कति समय दिनुभएको त्यो समय पनि डिस्प्ले हुनुपर्छ यहाँ र सेकेन्डका आधारमा घट्दै आएर सुन्यमा झरोस् अनि बस्छु । समय सक्यो भन्नुनि पर्दैन । काखा पाखा नि हुन्दैन् । राष्ट्रिय सभामा सांसदको वार्षीक क्यालेन्डर बनाउँपनि अनुरोध गर्छु । ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।