image
image

एमालेद्वारा प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध, शुक्रवारसम्मका लागि स्थगित


काठमाडौ, २४ साउन । आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभा अवरोध गरेको छ । अवरोध पछि बैठक साउन २६ गते शुक्रवार बस्ने गरी बैठक स्थगित भएको छ । त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै आएको एमालेले सोही माग अघि सार्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

मंगलबारको बैठकमा दलीय प्रतिनिधित्वका नेताहरूले धारणा राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा त्यस विषयमा सरकारको धारणा राखेका थिए । तर, उपप्रधानमन्त्री श्रेष्ठले उच्चस्तरीय समिति गठनको प्रतिवद्धता नजनाएको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

सभामुख देवराज घिमिरेले संसद जनताको थलो भएको बताउँदै अवरोध नगर्न एमाले सांसदहरुलाई अनुरोध गरेका थिए । उनले भने ‘ जनताको सर्वोच्च थलो हो संसद, यसलाइ अवरोध गरेर यसप्रतिको जनताको विश्वासमाथि खेलवाड गर्न हुँदैन । ’

आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।