image
image

सुन प्रकरणः गृहमन्त्रीमाथि कस्ले छानविन गर्छ ?–योगेश भट्टराई

काठमाडौं, २३ साउन । सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै उनीमाथि छानविन कस्ले गर्ने भन्दै नेकपा एमालले प्रश्न उठाएको छ । आजको प्रतिनिधि सभाको बैठक सुरु हुनेसाथ समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले आफूहरुको शंका गृहमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि समेत रहेको भन्दै सरकारी संयन्त्रले सुन प्रकरणमा गर्ने छानविन मान्य नहुने चेतावनी दिए ।

उनले भने ‘गृहमन्त्री जी तपाईको पोलिटिकल को छ रु फिल्ड कमिसार को छ ? तपाईको आदेश फिल्ड कमिसारले मानेको छैन् कि ? फिल्ड कमिसारको सूचना तपाईले फेरिफाई गर्नु भएको छैन् । हामीलाई गम्भीर शंका छ । त्यसकारण गृहमन्त्री जीसंग पनि बयान कस्ले लिन्छ ? के सिआइबीले लिन्छ ? के राजस्व अनुसन्धानले लिन्छ ? अर्थमन्त्रीमाथि हाम्रो प्रश्न छ ।

प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ । राष्ट्रिय अनुसन्धान विभागमाथि हाम्रो प्रश्न छ । यत्रा निकाय त्रिभूवन विमानस्थलमा हुँदा ती कहाँ सुतेका थिए । यीनीहरुमाथि कस्ले प्रश्न उठाउँछ ? ’ उच्चस्तरिय छानविन समिति गठन भए आन्दोलन जारी रहने बताएका उनले समिति गठनबारे भोटिङ गर्न उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।