image
image
भौतिक पूर्वाधार क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गर्न मन्त्री ज्वालाको निर्देशन

भौतिक पूर्वाधार क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गर्न मन्त्री ज्वालाको निर्देशन

 

काठमाडौ, २३ साउन । अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुर्ननिर्माण थाल्न मातहतका निकायलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका छन् ।

देशका विभिन्न ठाउँमा गएको बाढी र पहिरोको कारण भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको हुनसक्ने भन्दै मन्त्री ज्वालाले क्षतिको विवरण संकलन गर्न र भासिएको भीमदत्त राजमार्ग तत्काल सञ्चालनमा ल्याउन आज निर्देशन दिएका हुन्।

सोमबारदेखि परेको भारी वर्षाले देशभर ठूलो मात्रामा भौतिक क्षति हुनुका साथै केही ठाउँमा मानवीय क्षति पनि भएको छ । मन्त्री ज्वालाले मकवानपुरको बागमती गाउँपालिका पाँचमा आज बिहान गएको पहिरोमा परी सन्तमाया स्याङतानको निधन भएकोमा दुख ब्यक्त गरेका छन् । उनले सडक, पुल र

यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न मातहतका निकायलाई निर्देशन दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका प्रेस संयोजक जीवन विसीले जानकारी दिएका छन् ।

निरन्तरको वर्षाले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ । सडक भासिएपछि आवत–जावत पूर्णरुपमा बन्द भएको छ । बन्द भीमदत्त सडकको तत्काल पुर्ननिर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई मन्त्री ज्वालाले निर्देशन दिएको विसीले जानकारी दिए ।

उता,निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मुल गेट नजिकै पहिरो जाँदा बुटवल पाल्पा सडक अवरुद्ध बनेको छ । नारायणगढ –मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका–६ कालीखोला लगायतका स्थानमा पहिरो खस्दा उक्त सडकखण्ड पनि बिहानैबाट अवरुद्ध बनेको छ । पहिरो पन्छाउने कार्य भैरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।