image
image

सुन तस्करीको छानबिन गर्न समिति गठनमा जुटेन सहमति, भोलि पुनः बैठक बस्ने



काठमाडौं, २२ साउन । एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनमा दलहरुबीच सहमति जुट्न सकेन । सोमबार सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरुको दुईपटक बसेको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार पुनः बैठक बस्ने भएको छ । यसअघि नै दलहरुबीच सहमति कायम भएर संसदको गतिरोध अन्त्य हुने अपेक्षा सभामुख घिमिरेले गरेका छन् । 

सोमबार अपरान्ह दोस्रो पटक नयाँबानेश्वरस्थित संसद भवनमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकपछि सभामुख घिमिरेले मंगलबार बिहान १० बजे बस्ने शीर्षनेताहरुको बैठकमा सहमति कायम हुने अपेक्षा गरेका हुन् । 


बैठकपछि सभामुख घिमिरेले भने– 

सदनको अवरोध खुलाउन पहल गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो । मैले पनि नेताहरु उपस्थित भएर छलफलमा सहभागी हुनुभएकोमा धन्यवाद दिएँ । आज संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गर्नुभयो । तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन । भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ ।  आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ । सहमतिको विकल्प छैन । संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु । म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु । यही अनुरुप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन । आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।