image
image

चौसट्ठी हजार डेङ्गुका बिरामी


काठमाडौं असार २२ । लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्भने ६४ हजार बिरामी भएका छन्। 

शनिबार थप १० जनाको मृत्यु भएको र  दुई  हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यस वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको सङ्ख्या ६४ हजार पुगेको छ। डेङ्गु लागेर तीन सय तीन जनाले ज्यान गुमाएका छन्।    

दक्षिण एसियाली देश बङ्गलादेशमा गत महिना डेङ्गुबाट पीडित हुने र ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ। गत महिना दुई सय चार जनाको मृत्यु भयोभने ४३ हजार आठ सय ५४ जना नयाँ बिरामी थपिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।