image
image

नेताहरुको विभागीय जिम्मेवारी फेरबदल गर्ने माओवादी केन्द्रको निर्णय


काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) ले नेताहरूको विभाग फेरबदल गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले नेताहरुको विभाग फेरबदल गर्ने निर्णय गरेको हो ।

१७ साउनदेखि जारी रहेको केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आज पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको विभाग फेरबदल गरेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पदाधिकारी बैठकले नेताहरुको विभागीय जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो ।
जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् । अर्का उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाउँदा देवेन्द्र पौडेललाई मधेस प्रदेशको जिम्मेवारी दिइएको छ ।

यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छनन् । पदाधिकारी बैठक सकिएलगत्तै कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको छ । उक्त बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।