image
image
लम्पी स्किन नियन्त्रणमा सरकार चुक्यो, रोगको निदानमा गम्भीर नबन्नु चिन्ताको विषय : नेता महर

लम्पी स्किन नियन्त्रणमा सरकार चुक्यो, रोगको निदानमा गम्भीर नबन्नु चिन्ताको विषय : नेता महर


काठमाडौं, १४ साउन । पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई रोक्न हदसम्म प्रयास गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले  बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसकेको अवस्थामा सरकार गम्भीर नबन्नु चिन्ताको विषय भएको बताएका हुँन्।

 ुसाउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ। ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन्। तीमध्ये ५० हजारभन्दा बढी पशु मरेका छन्। २ लाख ४८ हजार ३ सय ५ पशु अझैँ सक्रिय संक्रमणमै रहेको विभागको तथ्याङ्‍क छ। अवस्था यति भयावह हुँदा पनि सरकार गम्भीर बनेको छैन, उनले भने।

लम्पी स्किनको बारेमा सरकारले क्याबिनेटमा छलफल गरेरमात्र नहुँने बताउँदै उनले रोकथामका लागि एक्सन लिनुपर्ने बताए। ‘सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो। हजारौ किसान मसस्यामा परेका छन्। किसानलाई सरकार भएको अनुभूति दिलाउनुपर्छ, महरले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।