image
image
कोशी प्रदेश सरकार गठन विवादः पूर्ण इजलासले टुंगो लगाउँदै

कोशी प्रदेश सरकार गठन विवादः पूर्ण इजलासले टुंगो लगाउँदै


काठमाडौ, १० साउन । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका विषयमा परेको रिट निवेदनमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलबार भएको सुनुवाई नटुंगिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

आज पनि पूर्ण बैठकमा त्यसले निरन्तरता पाउने छ । सोमबार दुई न्यायाधीश सम्मिलित इजलासले कोशी प्रदेश सरकार गठनको मुद्दा जटिल कानुनी विषय भएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पेश गर्नेगरी आदेश गरेको हो । पूर्ण इजलास तीन वा भन्दा बढी न्यायाधीश सम्मिलित हुने गर्दछन् । अब कोशी प्रदेशको विवाद सर्वोच्चको पूर्ण इजलासले मुद्दाको किनारा लगाउने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।