image
image

७० वर्ष लागेका बाबुरामले सम्झिए ४५ वर्षअघिको प्रतिबद्धता

काठमाडौँ, ४, असार । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू ७० वर्ष उमेर पुगेको जानकारी दिँदै ४५ वर्षअघि २४ वर्षको उमेरमा गरेको प्रतिवद्धता स्मरण गरेका छन् । 

एउटा सामान्य किसानको छोरो विभिन्न कालखण्ड पार गर्दै प्रधानमन्त्रीसमेत हुन सफल भएको विषय उल्लेख गर्दै उनले आफूलाई प्रधानमन्त्रीसमेत बनाएकोमा सम्पूर्ण नेपालीमा आभार व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘आफ्नो जीवनको सातौँ दशकमा प्रवेश गरेको सन्दर्भमा गाउँको एउटा सामान्य किसान परिवारको व्यक्तिलाई उच्चतम् शिक्षासहित ऐतिहासिक क्रान्तिकारी आन्दोलनमा सहभागी भएर संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने र देशको प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारी बहन गर्ने अवसर दिनुहुने सम्पूर्ण दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।’ 

उनले आफूले २४ वर्षको उमेरमा २०३५ वैशाख १ गते आफ्नो जीवनको लक्ष्य किटान गरेर सचेत सामाजिक जीवनको यात्रालाई एउटा निर्दिष्ट दिशा दिएको स्मरण गरेका छन । त्यही बाटोमा निरन्तर ४५ वर्ष हिंडेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले बाँकी  जीवन पनि त्यही आदर्श र बाटोमा समर्पण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।