image
image

रेशम चौधरीलाई न्याय भएन : रवि लामिछाने

काठमाडौँ, १५, जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आममाफी दिएर छोड्दा स्वयंम रेशम चौधरीलाई न्याय नभएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रविले रेशम चौधरी निर्दोष छन् भन्ने विश्वासका साथ आफ्नो दलले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको बताए । तर अहिले गलत प्रक्रियाबाट उनलाई छुटाइएको भन्दै लामिछानेले भने, ‘रेशम चौधरी छुट्नुभयो, ठीक छ । तर रेशम चौधरीमाथि न्याय भएन ।’

दुई दिन अगाडिसम्म रेशमले नै आफूसँग म निर्दोष छु भनेको भन्दै उनले अघि भने, ‘अहिले उहाँ निर्दोष भएर छुट्नु भएन । जुन लडाईँ उहाँको थियो, यो लडाइँ उहाँले जित्नु नै भएन ।’

एउटा व्यक्ति जेलमुक्त हुँदा खुसी हुनु आफ्नो ठाउँमा भए पनि थारुहरुको संघर्षले विजय प्राप्त नगरेको बताए । रविले भने, ‘उहाँको रिहाइ विजय होइन, त्यो बाँकी नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।