बाटो खाली नगराई राष्ट्रपति पौडेल संसद् भवनमा
काठमाडौँ, ५, जेष्ठ । राष्ट्रपति रामचन्द्र पौडेल बाटो खाली नगराइकन संसद् भवन नयाँ बानेश्वर पुग्नुभएको छ ।
नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपति संसद् भवन जाँदा बाटो खाली गराएर गर्ने कारगेडको परम्परा तोड्दै राष्ट्रपति पौडेल बाटो खाली नगराइकन संसद् भवन पुग्नुभएको हो । राष्ट्रपति पौडेलले आफ्नो सवारीलाई तामझामयुक्त नबनाउन पहिल्यै निर्देशन दिनुभएको थियो ।
यसअघि राष्ट्रपति आउँदा शितल निवासदेखि बाटो खाली गराएर घोडाले समेत स्कर्टिङ गर्ने गरिएको थियो । आज घोडालाई संसद् भवनकै अगाडि राखेर औपचारिकता मात्रै पूरा गरिएको छ । बानेश्वरको आकाशेपुलबाट मानिसहरूलाई ओराल्नुबोहक अन्यत्र एकतर्फी पनि बाटो खाली गराइएको थिएन ।









