वैदेशिक रोजगारी : ३६० जनालाई निःशुल्क सीपमूलक तालिम
काठमाडौँ। वैदेशिक रोजगार बोर्डको सचिवालयले सात हजार ३६० जनालाई निःशुल्क सीपमूलक तालिम दिन सुुरु गरेको छ । बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने तथा विदेशबाट फर्केर स्वदेशमा केही गर्न चाहने युवालाई लक्षित गर्दै निःशुल्क सीपमूलक तालिम दिन सुुरु गरेको हो ।
बोर्डले वैदेशिक रोजगारमा जान चाहने, विदेशबाट फर्किएका वा स्वदेशमा नै रोजगारी गर्न चाहनेलाई विभिन्न १४ विषयमा एक महिनासम्म तालिम सुुरु गरेको जनाइएको छ । बोर्डका अनुसार १४ वटा तालिमअन्तर्गत कुक, वेटर, हाउस किपिङ, किचन सहयोगी, फ्रन्ट अफिस सहायक, सुरक्षा गार्ड, डकर्मी, हाउस पेन्टर, प्लम्बर सहायक, वेल्डर सहायक, जुनियर फर्निचर मेकर, ब्युटिसियन, जुनियर ब्युटिसियन, सटरिङ कार्पेन्ट्री, एसिस्टेन्ट स्काफोल्डर, इलेक्ट्रिसियन लगायतका तालिम सञ्चालन भइरहेका छन् ।
तालिम देशका सबै प्रदेशमा आवश्यकता र मागका आधारमा सञ्चालन गरिएको पनि बोर्डले जनाएको छ । बोर्डका अनुसार विभिन्न १४ प्रकारका विषयगत तालिम सञ्चालनका लागि सात प्रदेशमा विभिन्न तालिम प्रदायक संस्थासँग बोर्डको सचिवालय, सीटीईभीटी तथा तालिम पदायक संस्थाहरूबीच तालिम सञ्चालन सम्झौता भएको छ ।
निःशुल्क सीप लिन पाइने स्थान
प्रदेशअनुसार तालिम प्रदायक संस्थासमेत तोकिएको छ । प्रदेश १ मा सुम्निमा पोलिटेक्निक इन्स्टिच्युट भोजपुर तथा रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालय इलाममा सीप सिक्न पाइन्छ । यस्तै प्रदेश २ मा निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिवास तथा बीपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्युट, धनुषा, बागमती प्रदेशमा बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, बनेपा पोलिटेक्निकल इन्स्टिच्युट, नारायणी बहुप्राविधिक शिक्षालय चितवन तथा जिरी प्राविधिक शिक्षालय दोलखामा सीप तालिम सञ्चालन भइरहेको छ ।
यसैगरी गण्डकी प्रदेशमा पोखरा प्राविधिक शिक्षालय पोखरामा, लुम्बिनीमा कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी रुपन्देही, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय दाङ र भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा तालिम लिन पाइन्छ । कर्णाली प्राविधिक शिक्षालय जुम्ला तथा शहीद नेत्रलाल अभागी प्राविधिक शिक्षालय सल्यानमा पनि तालिम प्रदान हुन्छ भने सुदूरपश्चिम प्रदेशमा टीकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलालीमा बोर्डमार्फत प्रदान हुने सीप तालिम सञ्चालन भइरहेको छ ।