image
image

अब साउदी अरब जानुअघि श्रमिकको सीप परिक्षण गरिने 

काठमाडौँ। साउदी अरबले सीपमुलक रोजगारीका लागि जाने श्रमिकहरुको सीप परिक्षण गर्ने भएको छ । सीपयुक्त काममा आउने विदेशी श्रमिकलाई भित्रियाउनु अगाडी नै अनिवार्य रुपमा सीप परिक्षण गर्ने साउदी  अरवको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो व्यवस्था आगामी जुलाईदेखि सुरु हुने बताईएको छ । प्रतिस्पर्धी जनशक्तिलाई भित्रियाउन साउदी अरबले यस्तो व्यवस्था गर्न लागेको हो । उक्त व्यवस्था अन्तर्गत साउदीले कुनै पनि श्रमिकलाई भिसा उपलव्ध गराउनु अगाडी सो व्यक्तिको सीप परिक्षण सम्वन्धित मुलुकमा नै गर्ने व्यवस्था गरिने अरव न्यूजले जनाएको छ ।

उक्त साउदी अरवको सो निर्णयको विभिन्न देशका दूतावासहरुले स्वागत पनि गरेका छन् । कार्यक्रम अनुसार सीपयुक्त काममा आउनेहरुको सीप परिक्षण सम्वन्धित मुलुकमा नै हुनेछ । यसका लागि अन्तराष्ट्रिय सीप परिक्षण केन्द्रहरुसँग समन्वय हुने जनाइएको छ । 

यसैगरी साउदी अरवमा नै कार्यरतहरुको सीप परिक्षण पनि गरिने मन्त्रालयले जनाएको छ । साउदी अरवको सो कार्यक्रमको श्रीलंका, पाकिस्तान, ईण्डोनेशिया लगायतका मुलुकका राजदूतहरुले स्वागत गरेको समाचारमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।