image

बढी रकम असुल गरेर कोरोना परीक्षण गर्ने दुई अस्पताल कारबाहीमा

काठमाडौँ ६ चैत । कोरोना परीक्षणका क्रममा बढी रकम असुल गर्ने दुई अस्पताल कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा पुरानो मेडिकल कलेज भरतपुर र स्टार अस्पताल सानेपा रहेका छन् । यी दुई अस्पताल विरुद्ध पीसीआर शुल्क धेरै असुलेको भन्दै मुद्दा दायर गर्दै कारबाही गरिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार शिक्षण अस्पताललाई १८ लाख र स्टार अस्पताललाई ५ लाख रुपैयाँ धरौटी मागसहित मुद्दा दायर गरिएको हो । सरकारले पीसीआर शुल्क दुई हजार  रुपैयाँ तोकेकामा अस्पतालले तीन हजार रुपैयाँ शुल्क लिएपछि यी अस्पताल कारबाहीमा परेका छन् ।

अहिले शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन्  ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।