image
image

स्वास्थ्य, मनोरञ्जन र तीर्थस्थल भ्रमण सेवा सहित वुवा केयर संस्था सञ्चालनमा

काठमाडौँ, ३, वैशाख । मिति २०८० साल वैशाख १ गते देखि नेपालमा वुवा केयर. कम  नामक संस्थाको सुरुवात भएको छ । विशेष गरी ५५ वर्ष देखि माथि उमेर समूहका मानिसहरूलाई लक्षित गरी वुवा केयर.कम ले स्वास्थ्य, मनोरञ्जन तथा नेपाल तथा भारतका प्रमुख तीर्थस्थल दर्शन गराउने र उक्त उमेर समूहका मानिसहरूलाई शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थे बनाउने उद्देश्यले संस्थाको सुरुवात गरिएको उक्त संस्थाका अध्यक्ष श्री डा. अनाम प्याकुरेलले जानकारी गराउनुभएको छ । व्यस्त जीवन शैलीका कारणले पारिवारिक वुवा आमाहरूको सामाजिक जीवनलाई गुणस्तरीय बनाउनका लागि वुवाकेयर.कमले विशेष सहयोगी भूमिका खेल्ने विश्वास लिएको कम्पनीले जनाएको छ । 

क. स्वास्थ्य सेवा :

१. घरमै बसी बसी  सम्पूर्ण स्वास्थ्य समस्याहरूको पहिचान तथा निदानको लागि गुणस्तरीय तथा सर्वसुलभ रूपमा शारीरिक जाँचको व्यवस्था गराउने छ । 

२. आकस्मिक अवस्था तथा विशेषज्ञ डाक्टरको परामर्श अनलाइन तथा आवश्यक परेमा घरमै गएर समेत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य राखेको छ ।

३. डाक्टरका परामर्श पश्चात् आवश्यक पर्ने सम्पूर्ण औषधिहरूको घरमै डेलिभरीको व्यवस्था गरेको छ । 

ख. मनोरञ्जन :

१. वुवाकेयर.कमका सदस्यहरूको जन्मदिन, वैवाहिक वार्षिकोत्सव, तथा अन्य विशेष अवसरहरूको आयोजना गरी सामूहिक रूपमा सदस्यहरूमाझ मनाउने छ ।

२. विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकन भ्रमणको व्यवस्था समेत प्रबन्ध गरी सदस्यहरूलाई घुमाउनेछ । 

ग. तीर्थस्थल भ्रमण :

१. वुवाकेयर.कमका सदस्यहरूलाई समय समयमा नेपाल तथा भारतका तिर्थस्थलहरुको दर्शन भ्रमणको व्यवस्था समेत प्रबन्ध गरी सदस्यहरूलाई घुमाउनेछ ।

यस प्रकार वुवाकेयर.कमले आफ्ना सदस्यहरूलाई आफ्ना सन्तानको व्यस्त दैनिकीका बाबजुद पनि शारीरिक,मानसिक तथा सामाजिकरुपमा सेवा प्रदान गरी स्वस्थे समाज निर्माण गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।