image
image

वैदेशिक रोजगार विभागको अरबौँ रकम राख्न बैंकलाई सूचना

काठमाडौँ, २१, चैत्त । वैदेशिक रोजगार विभागले धरौटी बापतको तीन अर्ब ५३ करोड रुपैयाँ निक्षेपको रुपमा बैंकको मुद्दती खातामा पुनः जम्मा गर्ने भएको छ । 

यसअघि विभिन्न वाणिज्य बैंकहरुको मुद्दती खातामा राखेको रकम यही चैत ३० गते परिपक्व हुदैँ गर्दा विभागले फेरी निक्षेपको रुपमा बैंकमा जम्मा गर्न लागेको हो । मंगलबार सूचना प्रकाशित गर्दै विभागले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई आफूले लिन चाहेको रकम तथा उचित ब्याजदरसहित प्रस्ताव पेश गर्न भनेको छ ।

साथै, निक्षेप गर्न चाहने बैंकले ब्याजदरलगायत अन्य विवरणसहितको दरभाउपत्र फाराम भरेर यही चैत २७ गते दिउँसो ३ बजेसम्म प्रस्ताव पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।