image
image

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्यो 

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन २८ गते सम्मको साप्ताहिक प्रगति बिवरण अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको हो । 

मन्त्रालयको साप्ताहिक प्रगति विवरण अनुसार यो हप्ता पुनः श्रम स्वीकृति लिनेको संख्या २ हजार ९ सय ८८ जना रहेको छ । यो संख्या गत हप्ताको तुलनामा करिब दुई सय बढी हो । गत हप्ता २ हजार ७ सय ९९ जनाले पुनः श्रम स्वीकृति लिएको मन्त्रालयको तथ्यांक छ ।

यस्तै व्यक्तिगत र संस्थागत तर्फ २ हजार २ सय ६२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीको लागि ४७ हजार ९ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत र संस्थागत तर्फ २६ हजार ८ सय ३५ जनाले नयाँ श्रम स्वीकृति लिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।