image
image

विदेश जाने भन्दा स्वदेश फर्किने श्रमिक धेरै

काठमाडौँ ४ चैत । पछिल्लो समय नेपालमा विदेश जाने भन्दा स्वदेश फर्किने श्रमिक धेरै देखिएका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्व नै आक्रान्त भएका कारण धेरैले रोजगार गुमाउन परेको छ । त्यस्तै नेपाल छाडी वैदेशिक रोजगारीमा गएकाहरु नेपाल फर्किने क्रम पनि बढ्दो देखिन्छ ।

कोरोना भईरसका बेला उद्दारको नाममा कयौं नेपालीहरु विदेशबाट फकिए भने नेपालमा रहेका हजारौं विदेशी नागरिकहरु पनि स्वदेश फर्किए ।वैदेशिक रोजगार विभागले भदौ १५ गतेदेखि श्रम स्वीकृति दिन थालेको भएपनि अहिलेसम पनि श्रम गर्न जाने भन्दा फर्किनेको संख्या नै बढी देखिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक अनुसार फागुन महिनामा मात्रै वैदेशिक रोजगारीमा रहेका ५८ हजार ९ सय ६८ जना श्रमिकहरु नेपाल फर्किएका छन् । यो संख्या दैनिक करिब २ हजार हाराहारी हो । तर, यही महिनामा बाहिरिनेको संख्या भने दैनिक १ हजारको हाराहारीमा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

त्यस्तै माघ महिनाभरमा जम्मा १७ हजार ८ सय ८७ श्रमिक मात्रै वैदेशिक रोजगारीका श्रम स्वीकृति लिएका थिए । पुुस महिनामा यो संख्या ७ हजार २ सय ९ जना मात्रै थियो । त्यस्तै, मंसिर महिनामा ४ हजार ३ सय ७७ जना, कात्तिक महिनामा १ हजार ५ सय ८३ जना, असोज महिनामा १ हजार ५ सय ४२ जना र भदौ महिनामा १ सय ९८ जनाले श्रम स्वीकृति पाएका थिए ।
  
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।