image
image

वैदेशिक रोजगार बचत पत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ, १२, फागुन । नेपाल राष्ट्र बैंकले आगामी चैत १० गते ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्र जारी गर्ने भएको छ ।

 वार्षिक १२.५० प्रतिशत ब्याजदर प्रदान गर्ने गरी बैंकले वैदेशिक बचत पत्र २०६४ ‘क’ जारी गर्ने भएको हो । 

शुक्रबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक खरिदकर्तालाई अनलाइन दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार २०७९ फागुन १४ गतेदेखि २०७९ चैत्र ३ गतेसम्म दरखास्त खुल्ला रहनेछ ।

यो बचत पत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् । 

इच्छुक खरिदकर्ताले १० हजार रुपैयाँदेखि बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि दरखास्त हाल्न सक्नेछन् । २०७९ चैत १० गते बिक्री हुने बचत पत्र २०८४ चैत १० गते परिपक्व हुनेछ । खरिदकर्ताले अर्धवार्षिक अर्थात् ६(६ महिनामा तोकिएको ब्याज पाउनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।