image
image

वैदेशिक रोजगारको कल सेन्टर पुन: सञ्चालनमा 

काठमाडौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय अन्तर्गत सञ्चालित कल सेन्टर पुनः सञ्चालनमा आएको छ । गत मंसिर १ देखि बन्द रहेको कल सेन्टर यही चैत १ देखि पुनः नियमित रुपमा सञ्चालनमा आएको हो ।

तत्कालीन श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार सम्बन्धि जानकारी लिन, उजुरी तथा गुनासो टिपाउन बोर्ड अन्तर्गत कल सेन्टर सञ्चालनमा ल्याउने काम अगाडि बढाएका थिए ।

सेवाग्राही तथा सरोकारवालाहरुले शर्टकोड ११४१ टोलफ्री नम्बर १६६०१५०००५ मार्फत कल सेन्टरमा सम्पर्क राख्न सक्नेछन् । साथै विदेशमा रहेका श्रमिकहरुका लागि ह्वाट्सएपमा +९७७-०१-५९७०००८ र भाइबरमा ९८०१८०००१३ नम्बर समेत खुल्ला गरिएको छ ।

यसैगरी फेसबुकमा https://www.facebook.com/molcallcenter/ मार्फत समेत कल सेन्टरमा प्रश्न, जिज्ञासा राख्न तथा उजुरी टिपाउन स्सकिनेछ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।