image
image

वैदेशिक रोजगारीमा गएका ४ सय १० जना श्रमिक सम्पर्कविहीन

काठमाडौँ, ८, पुस । वैदेशिक रोजगारीमा गएका ४ सय १० जना नेपाली श्रमिक लामो समयदेखि श्रम्पर्कविहीन रहेको एक अध्ययनले देखाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको 'नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२' मा विश्वका विभिन्न ४ देशमा ४ सय १० जना नेपाली श्रमिक हराएको उल्लेख छ । उनीहरु लामो समयदेखि सम्पर्कमा आउन नसकेका हुन् ।

सन् २०२१/२२ मा मात्रै सबैभन्दा धेरै यूएईमा दुई सय ५४ जना हराएका छन् । जसमध्ये १९ महिला श्रमिक छन् । यूएईमा २०२० मा १० जना मात्रै हराएको तथ्यांक थियो । २०२१ मा त्यो संख्या बढेर १२ पुगेको थियो । तर एक वर्षमै यति ठूलो संख्यामा नेपाली श्रमिक हराएको प्रतिवेदनमा उल्लेख छ । यूएईपछि मलेसियामा यो संख्या धेरै छ । २०२१/२२ मा मलेसियामा एकसय पाँच जना हराएका छन् । मलेसियामा हराउने क्रम घटेको तथ्यांकले देखाएको छ । तीन वर्ष पहिले तीन सय जना हराएकोमा अहिले त्यो संख्या घटेको हो ।

यस्तै कुवेतमा पनि १० महिलासहित ४८ जना यो वर्ष हराएका छन् । यस्तै साउदी अरबमा २ र ओमानमा १ जना हराएका छन् । यो संख्या दूतावासमा वा परराष्ट्रमा खोजी गरिदिनको लागि आएका निवेदनका आधारमा तयार पारिएको प्रतिवेदनमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।