image
image

नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने तयारी अन्तिम चरणमा, छिट्टै आवेदन खुल्ला गरिने 

काठमाडौँ । नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने तयारी अन्तिम चरणमा पुुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो ।

नेपालबाट इजारायल पठाउने दक्ष जनशक्तिका लागि कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुुगेको र त्यो बनेपछि छिट्टै आवेदन खुला गरिने वैदेशिक रोजगार विभागले जनाएको छ । नेपाल र इजरायलबीच गत असोजमा ‘इजरायलको विशिष्ठ श्रम बजारमा नेपाली श्रमिकको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ सम्झौता भएको थियो । 

सम्झौतामा नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरेका थिए । नेपालबाट इजराइल सरकारले केयरगिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता सम्पन्न भएको थियो। 

यसअघि इजरायलमा नेपालीलाई रोजगारीका लागि केयरगिभरलगायतमा खुला भए पनि निजी क्षेत्रबाट श्रमिक पठाउँदा चर्को रकम असुलिएका कारण इजरायलले नेपाली श्रमिक लिन रोकेको थियो 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।