image
image

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रद्वारा विदेशमा अलपत्र नेपालीको उद्धार

काठमाडौँ २८ फागुन । कोरोना नियन्त्रण गर्न नेपाल सहित बिभिन्न मुलुकमा लगाइएको लकडाउनले विदेशमा अलपत्र ३ लाख २८ हजार नेपालीको उद्धार गरिएको छ । नेपालीलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले अलपत्र व्यक्तिको उद्धार गरेको हो ।

केन्द्रको तथ्याङ्क अनुसार गत वर्षको चैत देखि अहिले सम्ममा विभिन्न देशमा अलपत्र परेका जम्मा ३ लाख २८ हजार ४०६ जना नेपालीको उद्धार गरिएको छ । अलपत्र परेका मध्ये सबभन्दा धेरै दुबईबाट एक लाख १ हजार २३१ जना नेपालीको उद्धार गरिएको छ । कतारबाट ७७ हजार ४२५ जना नेपालीको उद्धार गरिएको छ । त्यस्तै मलेसियाबाट ३९ हजार ७५१, साउदीबाट ३३ हजार ७४५, भारतबाट १८ हजार ८२६, कुवेतबाट १८ हजार २४९ नेपालीको उद्धार गरिएको छ ।


साथै बहराइन, इजरायल, साइप्रस, अष्ट्रेलिया, फिलिपिन्स, म्यानमार, कम्बोडिया, थाइल्याण्ड, बंगलादेश, श्रीलंका, अफगानिस्थान, माल्दीभ्स, चीन, हङकङ, दक्षिण कोरिया, अमेरिका, क्यानडा, नर्वे, जर्मनी, पोल्याण्ड, पोर्चुगल, बेल्जियम लगायत ६० वटा देशहरूबाट अलपत्र परेका नेपालीहरूको उद्धार गरिएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।