रोजगारीका लागि मलेसिया गएका झापाका युवक सम्पर्कविहीन
काठमाडौँ, ४, असोज । वैदेशिक रोजगारी लागि मलेसिया गएका एक युवा सम्र्पक विहिन भएका छन् । रोजगारीका लागि खाडी मुलुक गएका झापा कचनकवलका एक युवक सम्पर्कविहीन भएका हुन्।
साबिक बालुवाडी गाविस–९ हाल कचनकवल गाउँपालिका–७ निवासी वीरबहादुर थेबेका छोरा सहमान थेबे २० दिनदेखि हराई रहेका छन्। सम्पर्क विहिन थेबे पाँच वर्षअघि रोजगारीका लागि आडी मुलक मलेसिया गएका थिए।
उनी सेप्टेम्बर १ मा आफुले काम गरे बापत पाएको तलब लिएर बेलुकी साढे ९ बजे कोठाबाट निस्किएको परिवारजनले बताएका छन्।
त्यसपछि उनी एकाएक परिवारसँग सम्पर्कविहीन बनेको बताइएको छ। उनका बारेमा मलेसियास्थित नेपाली राजदूतावास र त्यहाँको प्रहरीमा जानकारी गराइएको मलेसियामै रहेका कचनकवलका दिनेश अधिकारीले जानकारी दिए।
तर, प्रहरीले अहिलेसम्म उनलाई फेला पार्न नसकेको उनले जानकारी दिए। यता उनी मलेसियामा बेपत्ता भएपछि उनका परिवारजन र आफन्तजन चिन्तित बनेका छन्।
उनका बुबा वीरबहादुरले छोरीको खोजी गरिदिन सरकारसँग आग्रह गरेका छन्। उनी फेला परेमा नेपालमा ९८१६०९६३९६ र मलेसियामा ०११६११७३९५२२ मा सम्पर्क गरिदिन उनका बुबाले सबैमा अपिल समेत गरेका छन्।