image
image

डेंगीबाट १३ जनाको मृत्यु, १३ हजार नाघे संक्रमित

काठमाडौँ, ३१, भदौ ।  डेंगीको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १३ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबारसम्म डेंगीबाट १३ जनाको ज्यान गएको पुष्टि भएको छ। डेंगीको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा देखिएको छ।

अहिलेसम्म ७५ जिल्लामा १३ हजार सात जनालाई डेंगी लागेको पुष्टि भएको छ। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा नौ हजार ९७१ जना छन्।

त्यस्तै, लुम्बिनीमा एक हजार ५१०, प्रदेश १ मा ४१७ र सुदूरपश्चिममा ४०४ जनामा डेंगी देखिएको छ। यसै गरी, गण्डकीमा २९१, मधेशमा २२६ र कर्णालीमा १८८ जनामा डेंगी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
https://www.himalkhabar.com/news/132205
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।