image
image

जीटुजीमार्फत कतारमा कामदार पठाउन सरकारको गृहकार्य

काठमाडौं । सरकारले कतारको रोजगारीमा (जीटुजी) प्रक्रियामार्फत आफैले कामदार पठाउन छलफल थालेको छ । कतार पुलिसमा भर्ती गराउने भन्दै केही म्यानपावर व्यवसायीले अवैध धन्दा नै सञ्चालन गरेको भन्दै सरकारले जीटुजी माध्यमबाट कामदार पठाउने गरी छलफल अघि बढाएको हो । यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

कतारको विश्वकपका लागि आवश्यक पर्ने जनशक्ति जीटुजी मोडलमार्फत पठाउन गृहकार्य अघि बढिसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतको भनाइ छ । स्रोतका अनुसार यसबारे कतार सरकारसँग कूटनीतिक छलफलको प्रयाससमेत भएको छ । तर, सरकारले यसबारे निर्णय भने गरिसकेको छैन ।

कतारसँगको पुरानो श्रम समझदारी नै संशोधन गरेर सरकारका तर्पmबाटै श्रमिक पठाउने श्रम मन्त्रालयको तयारी छ । ‘यसका लागि मन्त्रालयले छिट्टै विज्ञ टोलीसँग छलफल गर्दै छ,’ मन्त्रालय स्रोतले भन्यो ।

आइतवार मात्रै श्रममन्त्री गौरीशंकर चौधरीले एक कार्यक्रममा जीटुजी प्रणालीबाट कतारमा कामदार पठाउने तयारी भएको खुलासा गरेका थिए । सरकार आफैले कतारमा कामदार पठाउन राजदूतसँग समेत छलफल भएको उनको भनाइ थियो । श्रम मन्त्रालयका अनुसार कतार पुलिसमा पठाएर लाखौं असुल्ने योजनामा गिरोहहरू लागिरहेका छन् । मुख्यतः भारत, श्रीलंकासहितका बाह्य मुलुकलाई ट्रान्जिट प्वाइन्ट बनाएर कतार पुलिसका लागि एजेन्टहरूले नेपालीहरू लगिरहेको सरकारी अनुसन्धानबाट पाइएको छ । त्यसलाई निस्तेज गर्न पनि जीटुजी प्रणाली अवलम्बन गर्नेबारे गृहकार्य अघि बढाउनुपरेको श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।