image
image

२०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि नेपालबाट सुरक्षा गार्ड पठाइने 

काठमाडौँ।  सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने तयारी भएको छ  ।  

आइतबार एक कार्यक्रमका बीच सुरक्षा गार्डमा जीटुजी सम्झौता गरेर नेपाली श्रमिक कतार पठाउने विषयमा नेपालका लागि कतारका राजदूतसँग छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले जानकारी दिए। 

कतार श्रमिक पठाउने पुरानो श्रम समझदारीलाई नै संशोधन गरेर सरकारी तवरबाटै श्रमिक पठाउने गरी अब छिट्टै विज्ञसहितको टोलीसँग छलफल गर्ने तयारी रहेको पनि मन्त्री चौधरीले जानकारी दिए । 

त्यस्तै, वैदेशिक रोजगार विभागका महानिर्देशक कुुमारप्रसाद दाहालले कतार र नेपाल सरकारबीच यसअघि भएको श्रम सम्झौता संशोधन गर्ने बेला भएकाले अबको नयाँ सम्झौता जीटुुजी गरेरै जानुुपर्छ भन्ने विषयमा छलफल भएको बताए। 

यसअघि कतारसँग गरेको श्रम सम्झौता बीटुुबी हो र यही माध्यमबाट नेपाली श्रमिक कतार पठाउने गरिएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।