थपिए ५० जना काेराेना संक्रमित
काठमाडौँ, १७, असार । पछिल्लो २४ घण्टामा देशभर ५० जना काेभिड–१९ संक्रमित थपिएका छन् । २ हजार ८१४ वटा नमुना परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि भएको हाे ।
आज १८ जना संक्रमणमुक्त भएका छन् । याेसँगै आजसम्म सक्रिय संक्रमितकाे संख्या २९७ पुगेकाे छ । आज १ लाख ८७ हजार ८६ जनाले काेभिड–१९ विरुद्धको खाेप लगाएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।









