image
image

कुवेतमा पारिवारिक भिसामा र सरकारी निकायमा रहेका आप्रवासीले भिसा फेर्न पाउने

कुवेत। कुवेत प्राधिकरण (पीएएम) द्धारा सरकारी निकायको मातहतमा कार्यरत र पारिवारिक भिसामा रहेका आप्रवासीहरुले निजी क्षेत्रमा काम गर्नका लागि भिसा फेर्न पाउने निर्णय भएको छ । हालको स्थितीमा श्रमबजारको आवश्यकतालाई मध्यनजर गरी सो निर्णय गरिएको पीएएमले बताएको छ ।

पीएएमका निर्देशक अहमद अल मौंसाद्धारा जारी विज्ञप्तीमा निर्णयको दफा २ अनुसार सरकारी एजेन्सीहरु र सार्वजानिक संस्थाहरुमा काम गर्ने प्रवासीहरुको आवसीय फेर्न र पारिवारिक भिसा लिएकाहरुलाई निजी क्षेत्रमा काम गर्नका लागि अर्काे सूचना जारी नभएसम्म भिसा फेर्न पाउने बताइएको छ ।

यस निर्णयमा साना तथा मझौला उद्यमका कामदार र सरकारी सम्झौतामा दर्ता हुने व्यक्तिलाई समावेश गरिएको अल मौंसाले थप जानकारी दिदैं भने । त्यसैले नयाँ निर्णयको अनुसार साना र विभिन्न उद्यमका कामदारलाई भिसा फेर्न मद्दत पुग्नेछ ।’ नयाँ निर्णयअनुसार ६ वटा मुख्य क्षेत्रहरुभित्र रहेका सबै क्रियाकलापहरुमा कार्यरत प्रवासीलाई भिसा फेर्ने अनुमति दिने भएको छ ।

अनुमति प्राप्त गर्नेमध्ये उद्योग,कृषि, माछापालन,सहकारी संस्था,पारिवारिक भिसालगायतका क्षेत्रहरुबाट निजी क्षेत्रमा काम गर्नका लागि अर्को सुचना जारी नभएसम्मको लागि अनुमति दिएको कुवेतबाट प्रशारित अरब टाइम्सले जनाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।