image
image

काठमाडौंमा २ जनामा हैजा देखिएपछि स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौँ, ६, असार । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा स्वस्थ्य  परीक्षण गर्दा हैजा रोगको जीवाणु पत्ता लागेको जानकारी गराउन चाहन्छौँ," मन्त्रालयले आइतवार बेलुकी जारी विज्ञप्तिमा भनेको छ।

अस्पतालका सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुनका अनुसार उनीहरूमा हैजाको लक्षण देखिएपछि परीक्षण गरिएको थियो। ती बिरामी काठमाण्डूमा बस्ने एकै परिवारको रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उपत्यकाका सबैलाई सतर्क रहन र हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ।

डा. पुनले हाल झाडापखालाका बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा बिरामीलाई विभिन्न किसिमको सङ्क्रमण हुने भए पनि हैजाले सबैभन्दा छिटो र बढी असर गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।