टोकियोमा संकटकालको अवधि फेरी थपियो
टोकियो। जापानको राजधानी टोकियो क्षेत्रमा जारी संकटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको शुक्रवार घोषणा गरेका हुन् ।
संकटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए । कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नु परेको उनको भनाइ छ । राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि संकटकाल लम्बिने उनले बताए ।
प्रधानमन्त्री सुगाले संकटकालको म्याद अहिले दोस्रो पटक थप गरेका हुन् । उनले गत जनवरीमा संकटकालको घोषणा गरेका हुन् । उनले कारोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्रयाइ नगर्न पनि सबैलाई आह्वान गरेका छन् । कोरोना भाइरसका कारण जापानमा हालसम्म आठ हजार २११ जनाको मृत्यु भएको छ ।