देशभर थपिए १२ जना कोरोना संक्रमित
काठमाडौँ, १५, जेठ । पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ३६६ जनाको पिसिआर र ९ सय ९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १३ जना कोरोना मुक्त भएका छन्। ३ हजार ३५६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
अहिले देशभर ११० सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।









