image
image

भारतमा थप २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

काठमाडौँ, २०, वैशाख । भारतमा पछिल्लो २४  घन्टामा थप २५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोमबारको तुलनामा संक्रमण दर १८.७ प्रतिशत कम हो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५ सय ६८ जनामा संक्रमण देखिएको र २० जनाको ज्यान गएको हो।

दिल्लीमा मात्रै १०७६ जनामा संक्रमण देखिएको छ। यस्तै, हरियणामा ४३९, केरलामा २५०, उत्तर प्रदेशमा १९३, कर्नाटकमा १११ जना नयाँ संक्रमित थपिएका छन्।

मंगलबार २९ सय ११ जना कोरोनामुक्त भएका छन्।  हाल भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार १३७ रहेको छ। पछिल्लो २४ घन्टामा १६ लाख २३ हजार ७९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। देशमा १८९ करोड बढी मानिसले कोरोना खोप लगाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।