भारतमा पछिल्लो २४ घण्टामा थप तीन हजार ३२४ जनामा कोरोना पुष्टि
काठमाडौँ, १८, वैशाख । पछिल्लो २४ घण्टामा भारतमा कोरोन भाइरस थप ३ हजार ३ सय २४ नयाँ संक्रमित भेटिएका छन् ।
यो अवधिमा २ हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन् भने ४० जनाको मृत्यु भएको छ । चौथो लहरको आशंकाबीच सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन्, जहाँ १ हजार ५ सय २० नयाँ संक्रमण संख्या थपिएका छन् ।
नयाँ संक्रमित भेटिएपछि दिल्लीमा पोजेटिभ रेट ५.१० प्रतिशत दर्ता गरिएको छ ।
तर यहाँ कोरोनाका कारण मृत्यु हुने १ जना मात्रै रहेको छ । दिल्लीमा सक्रीय संक्रमितको संख्या बढेर ५ हजार ७ सय १६ पुगेको छ जुन ९ फेब्रुअरीपछि सबैभन्दा धेरै हो ।









