image
image

चीनमा एकैदिन २ हजार बढिमा कोरोना पुष्टि

काठमाडौँ, ९, वैशाख ।  चिनियाँ मुख्य भूमिमा बिहीबार २ हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड–१९ सङ्क्रमण फैलिएको पुष्टि भएको  छ ।  जसमध्ये एक हजार ९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय स्वास्थ्य आयोगको शुक्रबार जनाएको छ ।    

सांघाई बाहेक, मुख्य भूमिका अन्य ४५ प्रान्तीय–स्तर क्षेत्रहरूले नयाँ  कोरोनाका स्थानीय मामिलाहरू देखा परेको समाचारमा जनाइएको छ ।   जसमध्ये उत्तरपूर्वी प्रान्त जिलिनमा ६८  र बेइजिङमा एक जना भएको बताइएको  छ । 

बिहीबार २ हजार ७३० जना कोरोना सङ्क्रमित निको भएका छन् ।  यसैबीच देशभरका अस्पतालमा ३० हजार ८१३ जना उपचार गराइरहेका बताइएको छ । कोरोना सङ्क्रमणको कारण बिहीबार एघार जनाको मृत्यु भएको थियो । 

यी सबै सांघाई शहरका पनि समाचारमा जनाइएको छ । चीनमा सन् २१९ को अक्टोबरबाट हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना सङ्क्रमणको को कारण चार हजार ६७४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।