image
image

भारतमा २४ घण्टामा दुई हजार ४५१ कोरोनाका नयाँ संक्रमित

काठमाडौँ, ९, वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ४५१ व्यक्ति कोरोनाका थप  संक्रमित भएपछि यहाँ कुल  संक्रमितको संख्या चार करोड ३० लाख ५२ हजार ४५२ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। 

यहाँ अझै पनि सक्रिय सङ्क्रमित १४ हजार २४१ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा केही महिनायताबाट सक्रिय  संक्रमित  घट्ने क्रम जारी रहेको थियो। तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ। विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ  संक्रमितको संख्या २ हजार नाघेको यो लगातार तेस्रो दिन हो।यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ लाख २२ हजार ११६ पुगेको छ।

२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म एक हजार ५८९ जना कोरोना निको भएका छन्।  यसैसँगै हालसम्म ४ करोड २५ लाख १६ हजार ६८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।