सांघाईमा कोरोनाबाट बुधबार थप सात जनाको मृत्यु
काठमाडौँ, ७, वैशाख । चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो पटक सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो । तीव्र रूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे २ करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।
महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ । सांघाईमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् ।









