image
इलाम: निःशुल्क स्वास्थ्य शिविरमा एघार सयको स्वास्थ्य जाँच

इलाम: निःशुल्क स्वास्थ्य शिविरमा एघार सयको स्वास्थ्य जाँच

काठमाडौँ, ९, चैत । इलाम नगरपालिका–७ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार एक सय दुईजनाले सेवा लिएका छन्। सोमबार र मङ्गलबार सञ्चालित दुईदिने शिविरमा जिल्लाका विभिन्न क्षेत्रमा बासिन्दाले सेवा लिए।

दुई दिनमा नाक, कान र घाँटीका मात्र दुई सय बिरामीले सेवा लिएको विशेषज्ञ डाक्टर शिव पण्डितले जानकारी दिए। शिविरमा हाडजोर्नी विशेषज्ञसहित मुटुरोग, नाक, कान घाँटी, छाला, फिजिसियन एवम् रेडियोलोजी विशेषज्ञको सेवासमेत उपलब्ध गराइएको थियो। इलाम अस्पतालमा सञ्चालित शिविरमा जिल्लाभरिबाट सेवा लिन आएको बताइएको छ। शिविरको पहिलो दिन ५८७ जनाले सेवा लिएका थिए भने दोस्रो दिन ५१५ जनाले सेवा लिएका छन्। त्यसमा सबैभन्दा बढी हाडजोर्नीका ३७७ बिरामीले सेवा लिएका छन्। त्यस्तै छालाका २८७ बिरामीले सेवा लिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए। 

इलाम–७ ले गएको वर्ष कोरोना महामारीबाट वडावासीलाई जोगाउन रु १० लाख रकम खर्च गरेको थियो । यस वर्षसमेत इलाम अस्पताललाई रु १० लाख रकम कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै वडाले विनियोजन गरेको थियो। सोही रकमबाट शिविर सञ्चालन गरिएको इलाम–७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए। शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो। रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।