image
image

साउदीमा ठगहरुबाट बच्न दूतावासको आग्रह

काठमाडौँ ३० पुस । साउदीमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई ठगहरुबाट बच्न आग्रह गरेको छ । साउदीमा समस्यामा परेका श्रमिकहरुलाई लक्षित गरी ठगी गर्नेहरु बढ्दै गएको भन्दै त्यस्ता ठगबाट बच्न दूतावासले सूचना मार्फत आग्रह गरेको हो ।

साउदीमा बेखर्ची भएर दूतावासको सेल्टरमा बसेका, साथीभाइको आर्थिक सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका, टिकटको लागि ट्राभल एजेन्सीमा गएका श्रमिकलाई विभिन्न बहाना बनाएर ठग्ने क्रम बढेको छ ।

दूतावासका अनुसार ठगहरुले ट्राभल डकुमेण्ट खर्च, फोटोकपी खर्च, सीसीएमसी फारम भरेको खर्च जस्ता बनावटी शीर्षकका नाममा रकम लिने गरेका छन् । दूतावासबाट निःशुल्क प्रदान गरिने सेवाको लागि पनि बाहिर बसेर पीडितलाई फकाइ अनावश्यक खर्च गर्न लगाउने गरेको दूतावासको भनाइ छ ।

आफूलाई समाजसेवी भन्नेहरुले नै यसप्रकारको ठगी गर्दा वास्तविक समाजसेवीहरुको कामको अवमूल्यन हुने भन्दै दूतावासले आपत्ति जनाएको छ । कसैले यस्ताे ठगी गरेकाे पाएमा दूतावासमा वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन समेत दूतावासले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।