एनसेलको सहयात्री सिम : वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा यो सिमका मुख्य विशेषताहरु हुन् ।
यो सिम योजना शुक्रबार (फाल्गुन १४) बाट संचालनमा आएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । सहयात्री सिमको उदेश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकाहरुलाई उनीहरुको रोजगारी यात्रामा सहयोग पुर्याउनु रहेको छ ।
यो सिम ग्राहकले कर सहित मात्र रु ९९ मा लिन सक्नेछन र सिमसँगै रु २० मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ । यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफु रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् ।
यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ् सेवा ग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् ।
यो योजना अन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ । साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक रु १.९९ प्रति मिनेटमा कल गर्न सकिने सुविधा रहेको छ ।
यो सिमका ग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन् । एक महिना पश्चात ग्राहकले मासिक जबसप प्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन् । सहयात्री सिम लिन ग्राहकको नागरिकता र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम आफुलाई पायक पर्ने एनसेल सेन्टर वा एनसेलको आधिकारिक बिक्रेताबाट लिन सक्छन् ।