image
image

ओमिक्रोन भेरियन्ट भित्रन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन

काठमाडौँ १९ पुस। स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्व तयारी गर्न सात बुँदे निर्देशन जारी गरेको छ ।


महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले सातवटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यायल र ७५३ वटै स्थानीय तहलाई ओमिक्रोन भेरियन्टको सङ्क्रमण भित्रन नदिन प्रभावकारी उपाय अपाउन आग्रह गर्दै सात बुँदे निर्देशन जारी गरेका हुन् ।

उनले ओमिक्रोन भेरियन्ट सङ्क्रामक रहेकाले नेपालमा भित्रन नदिनका लागि सबै निकाय अझ सतर्क र पूर्व तयारीका साथ लाग्नुपर्ने बताए ।

नेपालमा तीन जनामा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि भएको छ । महाशाखाले जनस्वास्थ्य मापदण्डको पूर्णपालना गरी भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुने गर्न र गराउन अनुरोध गरेको छ । यस्तै समुदायमा जोखिम क्षेत्र (हटस्पट) पत्ता लगाइ एन्टिजेन किटद्वारा परीक्षण गर्र्न, पहिचान भएका कोभिड–१९ का सङ्क्रमितलाई उचित व्यवस्थापन गर्न, नजिकैका सम्पर्कको पहिचान गरी क्वारेन्टिन तथा कोरोना परीक्षण गर्न समेत निर्देशनमा भनिएको छ ।

यस्तै सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा कोभिड–१९ विरुद्धको खोपको प्रयोगमा वृद्धि गर्न र घरमै आइसोलेशनमा रहेका वा क्वारेन्टिनमा रहेका व्यक्तिको ‘फलोअप’ एवं मापदण्ड पालनाको निगरानी गर्नसमेत भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।