image

बेलायतमा सङ्क्रमण दर महामारीयताकै उच्च 

काठमाडौँ, ७, पुस । बेलायतमा पछिल्लो समयमा कोरोना सङ्क्रमण अत्यधिक रूपमा बढेको छ । विगत केही दिनयता सङ्क्रमण दर महामारीयताकै उच्च रहँदै आएको छ ।  डिसेम्बर १७ मा एकै दिन सबैभन्दा बढी ९३ हजार जना सङ्क्रमित रहेकोमा केही दिनयता लगातार ९० हजार भन्दा बढी सङ्क्रमित हुने गरेका छन् । पछिल्लो २४ घण्टामा पनि थप ९० हजार ६२९ जना सङ्क्रमित भएका छन् भने अघिल्लो दिन ९१ हजार भन्दा बढी सङ्क्रमित भएका थिए । यससँगै बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ५३ हजार १२१ पुगेको छ ।

इसाई धर्मावलम्बीहरूद्वारा मनाइने महत्त्वपूर्ण पर्व क्रिसमसको  नजिकिँदै गर्दा ओमिक्रोन सङ्क्रमण तीव्र रूपमा फैलिएपछि विशेषगरी हस्पिटालिटी क्षेत्रका व्यवसायहरू होटल, रेष्टुरेन्ट तथा पबहरू बढी प्रभावित बनेका छन् । सङ्क्रमणका कारण सरकारले ठुला जमघटलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सङ्क्रमण नियन्त्रणका लागि लकडाउन गर्न सरकारलाई दबाब आएपनि हालसम्म कुनै ठोस निर्णय भइसकेको छैन ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण संकटमा परेका व्यवसायका लागि बेलायत सरकारले आजैमात्र एक बिलियन पाउण्ड सहयोगको घोषणा गरेको छ । बेलायती अर्थमन्त्री ऋषि सुनाकले  आज उक्त घोषणा गरेका हुन् । आउँदै गरेको क्रिसमसको समयमा हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित पब तथा रेष्टुरेन्ट जस्ता व्यवसायहरूमा पर्न गएको असरलाई मध्यनजर गर्दै सरकारले सो राहत प्याकेजको घोषणा गरेको हो ।  मनोरञ्जन तथा आतिथ्य क्षेत्रलगायत साना तथा मध्यम खालका व्यवसायलाई लक्षित गरि सो योजना ल्याइएको हो । यसै गरी थिएटर तथा म्युजियमको लागि थप ३० मिलियन पाउण्ड रकम छुट्याइएको पनि अर्थमन्त्री सुनाकले बताए ।

यो घोषणासंगै हस्पिटालिटी व्यवसायहरू पब तथा रेष्टुरेन्टहरुले प्रत्येकले बढीमा ६ हजार पाउण्डसम्म नगद ग्रान्ट प्राप्त गर्न सक्नेछन्। क्रिसमसको समयमा अत्यन्त व्यस्त हुने हस्पिटालिटी क्षेत्रका व्यवसायहरूलाई ओमिक्रोन सङ्क्रमणका कारण नराम्रो असर परेको भन्दै सरकारले राहत प्याकेजको घोषणा गरेको हो । यसै गरी २५० जना भन्दा कम कामदार रहेका कम्पनीलाई कोरोनाका कारण हुने बिरामी बिदाको स्किम पनि लागू गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।