image
image

३५ हजार बालबालिकालाई विद्यालयमै खोप

काठमाडौँ, ५, पुस। तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो।

विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको छ।

“मोडर्ना खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरणसँगै खोप पनि दिएर पठाएका छौ,” उनले भने, “स्थानीय तहले यसको व्यवस्थापन मिलाउनेछन् ।” जिल्लाको म्याग्दे गाउँपालिकाले पुस ८ गते १३ वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई खोप लगाउने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार पाँच वटा विद्यालयमा खोप केन्द्र तय गरिएको छ । ती विद्यालयमा रहेका एक हजार पाँच सय छ विद्यार्थीलाई खोप लगाइनेछ।

पसले आधारभूत विद्यालयका २४, गणपति माध्यमिक विद्यालयका १५०, विजय आधारभूत विद्यालयका नौ, महेन्द्र माध्यमिक विद्यालयका १९३, मिन माध्यमिक विद्यालयका ४००, गणेश माध्यमिक विद्यालयका २७, अकला आधारभूत विद्यालयका १८, प्रभा आधारभूत विद्यालयका १३, आदर्श बोर्डिङ स्कूलका ११०, न्युभिजन पब्लिक स्कूलका ४४, राधा माध्यमिक विद्यालयका ३८९, मेघदह बोर्डिङ स्कूलका ७४ र रत्न माध्यमिक विद्यालयका ५५ विद्यार्थीलाई खोप लगाइनेछ।

बन्दिपुर गाउँपालिकाले पुस ६ गतेदेखि ८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ। गाउँपालिकाले आठ वटा खोपकेन्द्रमार्फत् १५ वटा विद्यालयका विद्यार्थीलाई पहिलो मात्राको खोप लगाउने स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए।

गाउँपालिकाले पवित्रा मावि, विष्णु मावि, जनता आवि, मनास्लु बोर्डिङ, दीपशीखा बोर्डिङ, जगदिश्वर आवि, नोट्रेडम मावि, बिलिभर्स बोर्डिङ, भानु मावि, दिल आवि, कालिका मावि, शिव मावि, अरुण मावि र सेतीगङ्गा आविका विद्यार्थीलाई खोप लगाउनेछ। व्यास नगरपालिकाले पुस १३ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

सरकारले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा मोडना खोप अभियान सञ्चालन गर्दैछ । खोपहरू पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सरकारले आग्रह गरेको छ। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।