image

विदेशबाट आउनेले तत्काल क्वारेन्टिनमा बस्नुनपर्ने 

काठमाडौँ, ४, पुस । कोरोना भाइरस ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकहरूबाट नेपाल भित्रिने यात्रुले तत्काल सात दिन क्वारेन्टिन बस्नुनपर्ने भएको छ । अध्यागमन विभागले शुक्रबार सूचना जारी गर्दै ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको थियो । तर, शनिबार फेरि अर्को सूचना जारी गर्दै तत्कालका लागि यस्तो व्यवस्था स्थगित गरेको जनाएको हो ।

विभागले शुक्रबार सूचना जारी गर्दै यात्रुले आरटी–पिसिआर विधिबाट परीक्षण गर्नुपर्ने व्यवस्था गरेको थियो । नतिजा नेगेटिभ आएका होम क्वारेन्टिनमा र पोजेटिभ आएकाले तोकिएको आइसोलेसन केन्द्र वा हस्पिटलमा बस्नुपर्ने व्यवस्था गरेको थियो । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०को आग्रहमा तत्कालका लागि सो निर्देशन रोकिएको अध्यागमन विभागका महाप्रबन्धक नारायणप्रसाद भट्टराईले बताए । १३ मंसिरको मन्त्रिपरिषद् निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले प्रत्येक १५–१५ दिनमा भाइरससम्बन्धी विश्लेषण गर्ने र आवश्यकताअनुसार विभागलाई निर्देशन दिने जनाइएको छ ।

सोहीबमोजिम मन्त्रालयले ओमिक्रोन प्रभावित मुलुक पहिचान गरी शुक्रबार क्वारेन्टिनको नियम लागू गर्न विभागलाई निर्देशन दिएको विभागका महाप्रबन्धक भट्टराईले बताए । तर, सिसिएमसीले सबै निकायसँगको छलफलपछि मात्रै यस्तो नियम लागू गर्ने भनेपछि तत्कालका लागि रोकिएको उनले जानकारी दिए । ‘सिसिएमसीको सोमबार बैठक बस्दै छ । त्यसपछिको निर्णयअनुसार नियम लागू हुनेछ,’ उनले भने ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।