image
image

सीमानाकामा स्वास्थ्य सतर्कता

काठमाडौँ, २६, मंसिर । बैतडी–कोरोना नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण देखिन थालेपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा संक्रमण रोकथामका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सतर्कता अपनाउन थालिएको छ ।

भारतीय सीमासँग जोडिएका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीका सीमानाकामा सुरुदेखि नै हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिनेको स्वास्थ्य जाँचसंँगै एन्टिजेन परीक्षण भइरहेको थियो । तर दोस्रो चरणको संक्रमण घट्न थालेपछि भारततर्फ आउजाउ पनि बढेको छ । नयाँ स्वरूपको कोरोना देखा पर्न थालेपछि केही दिनयता थप सतर्कता बढाइएको छ ।

भारतमा पनि ओमिक्रोन संक्रमित भेटिएपछि बैतडीस्थित नेपाल—भारत सिमानाका झुलाघाटमा सीमामा आउजाउ गर्नेको स्वास्थ्य परीक्षणलगायत सतर्कता अपनाइएको छ । अघिल्लो सातासम्म स्वास्थ्य सतर्कतामा केही खुकुलो भएको गरिएको भए पनि सीमा आवतजावतमा अहिले कडाइ गरिएको छ । भारतबाट नेपालतर्फ आउने सबैको एन्टिजेनमार्फत कोरोना परीक्षण नाकामै भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । लक्षणसहितका व्यक्ति भेटिएमा पीसीआर र अन्य परीक्षणका लागि स्वाब संकलनको काम पनि गर्ने उनले बताए । उनले भने, ‘केही दिनअघिसम्म खोप लगाएकाको परीक्षण गरेका थिएनौं । अहिले सबैको अनिवार्य गरेका छौं ।

सीमामा भएको हेल्थ डेस्कमा अनिवार्य कोरोना परीक्षण गरेर मात्र सीमापारिबाट आएकालाई प्रवेश गर्न दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतबाट आएकालाई होम क्वारेन्टिनमा बसि दिन पनि आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । भारतले पनि खोप लगाएको १५ दिन पूरा भएकाहरूलाई मात्र पारि जान दिने गरेको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।