image
image

ओमिक्रोन भेरियन्ट छिटो फैलिने, तर कम खतरनाक  

काठमाडौँ, २४, मंसिर । कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोन अन्य भेरियन्टहरू भन्दा निकै छिटो फैलिने भए पनि यसका लक्षण सामान्य मात्र हुने खुशीको खबर दक्षिण अफ्रिकामा सार्वजनिक भएका पछिल्ला प्रतिवेदनहरूमा जनाइएको छ । अहिलेसम्म ओमिक्रोन भेरियन्ट विश्वका ३८ वटा भन्दा बढी मुलुक र संयुक्त राज्य अ‍ेमरिकाका एक तिहाइ भागमामा देखा परिसकेका छन् ।

हालसम्म गरिएका अध्ययनले पुरा डोज खोप लिइसकेकाहरूलाई केही समयका लागि मात्र ओमिक्रोन संक्रमण हुने जनाएको छ । साथै खोप लगाएका मानिसहरूबाट भन्दा नलगाएकाहरूबाट धेरै मात्रामा यो भेरियन्ट सर्नसक्ने पनि नयाँ अनुसन्धानबाट पत्ता लागेको छ ।

यसैगरी खोप लगाइसकेकाहरूको आफ्नो स्वास्थ्य प्रणालीबाट कोभिड –१९ को भाइरस औसत साढे पाँच दिनमा समाप्त हुनसक्ने तर सोही कुरा खोप नलगाएकाहरूका लागि साढे सात दिन लाग्ने बताइएको छ ।

चीनको हुवेइ प्रान्तको उहान शहरमा पहिलोपटक देखा परेको कोरोना भाइरस संक्रमणका कारण विश्वमा लाखौं मानिसले अकालमा ज्यान गुमाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।