image

क्यानडामा कोरोनाको नयाँ भेरियन्ट देखिनेको संख्या १५ पुग्यो

काठमाडौँ, १८, मंसिर । क्यानडाको टोरोन्टोमा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ। टोरोन्टोको स्वास्थ्य कार्यालयका अनुसार पहिलो पटक ३ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिएको अलजजीरामा समाचार छ।

संक्रमित तीनमध्ये दुई जना अफ्रिकी मुलुक नाइजेरिया र अर्का एक जना स्वीजरल्याण्डबाट टोरोन्टो फर्किएका थिए। पछिल्लो पटक टोरोन्टोका तीन जनासहित क्यानडामा १५ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ। क्यानडामा हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख २ हजार ३५९ र मृत्यु हुनेको संख्या २९ हजार ७५७ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।