image

ओमिक्रोन सबैभन्दा पहिले कहाँ देखिएको हो ? 

काठमाण्डौँ, १५, मंसिर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको नयाँ भेरिएन्ट ओमिक्रोनका विषयमा अहिले विश्वभरि नै चर्चा भइरहेको छ। जब पूरै विश्वलाई कोरोनाभाइरस संक्रमणको जोखिम कम हुँदै गएको आभाष हुँदै गएको थियो तब यो नयाँ भेरिएन्ट फेरि त्रास बढाउन थालेको छ। 

अहिले यो नयाँ भेरिएन्टको कहाँबाट देखियो भन्ने विषयमा विश्वभर बहस हुन थालेको छ। कतिपय वैज्ञानिकहरुले यो भेरिएन्टले साउथ अफ्रिकाभन्दा पहिले युरोपका देशहरुमा देखिएको हुन सक्ने अनुमान लगाएका छन्। साउथ अफ्रिकामा पहिलोपटक यो भेरिएन्टबाट संक्रमित भएको घटना सार्वजनिक हुनुभन्दा ११ दिनअघि नै पश्चिम युरोपमा यो भेरिएन्ट देखिएको हालै प्रकाशित एक रिपोर्टमा उल्लेख छ। गत नोभेम्बर १९ देखि नोभेम्बर २३ सम्म पश्चिम युरोपमा केही व्यक्ति यो नयाँ भेरिएन्टबाट संक्रमित भएको रिपोर्टमा दाबी गरिएको छ।

यो रिपोर्ट सार्वजनिक भएसँगै जर्मनी र बेल्जियमले गत नोभेम्बर २४ अघि नै आफ्नो देशमा ओमिक्रोनको मामिला देखिएको स्वीकारेका छन्। नोभेम्बर २४ यो कारण पनि महत्वपूर्ण दिन मानिन्छ कि यही दिन साउथ अफ्रिकाले पूरै विश्वलाई कोरोनाको नयाँ भेरिएन्ट देखिएको जानकारी गराएको थियो। योसँगै नयाँ भेरिएन्ट निकै संक्रामक रहेको भन्दै विभिन्न देशले साउथ अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि यो नयाँ भेरियन्ट निकै संक्रामक रहेको जनाइसकेको छ। यद्यपि हाल उपलब्ध खोपहरु यो भेरियन्ट रोकथामका लागि प्रभावकारी छन् वा छैनन् भन्ने विषय स्पष्ट भइसकेको छैन। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।