image
image

अब साओमीको नयाँ फोनमा मेन क्यामेराबाटै सेल्फी खिच्न सकिने, यस्तो रहनेछ फिचर 

काठमाडौं १० फागुन - अब साओमीको नयाँ फोनमा मेन क्यामेराबाटै सेल्फी खिच्न सकिने भएको छ । त्यस्तै सेल्फी खिच्नका लागि अगाडि भागमा राखिने लो क्वालिटी क्यामेराको भर पर्नुपर्ने बाध्यता पनि हट्ने भएको छ । 
 
यससँगै अब तपाईं मोबाइलमा भएको मुख्य क्यामेराबाटै सेल्फी खिच्न सक्नुहुनेछ । साओमी मि इलाभन अल्ट्राको नयाँ लिकमा अब सेल्फीका लागि स्मार्टफोनमा छुट्टै स्क्रिन हुने विषयको खुलासा भएको हो ।

टेक साइट पकेट लिन्टका अनुसार साओमी मि इलाभेन अल्ट्राको पछाडि भागमा एउटा सानो स्क्रिन रहनेछ । यो स्क्रिनको सहयोगमा तपाईले रियर क्यामेराबाट समेत सेल्फी खिच्न सक्नुहुनेछ । लिकअनुसार नयाँ ह्याण्डसेटको पछाडि भागमा रहने क्यामेराको छेउमा एउटा सानो स्क्रिन रहेको देखिन्छ ।

नयाँ साओमी मि इलाभेन अल्ट्राको डिजाइन र सेकेन्डरी स्क्रिनको एउटा भिडियो समेत युट्युवमा राखिएको छ । यद्यपी कम्पनीले आधिकारिक रुपमा यो लिकको विषयमा कुनै प्रतिक्रिया भने दिएको छैन ।

सबै फोनमा सेल्फीका लागि अगाडि भागमा पनि क्यामेरा दिइएको हुन्छ । तर अगाडि भागमा हुने क्यामेराको क्वालिटी भने पछाडि भागमा हुने मुख्य क्यामेराको तुलनामा कमजोर नै हुने गर्दछ ।

रिपोर्ट अनुसार साओमी मि इलाभेन अल्ट्रामा प्रयोगकर्ताका लागि स्नापड्रागन ८८८ प्रोसेसर दिइनेछ । यसबाहेक यसमा ६.८ इन्चको डब्लूक्यूएचडी प्लस १२० हर्ज डिस्प्ले दिइनेछ ।

बाहिरिएकाे जानकारी अनुसार साओमीको यो फोन सार्वजनिक हुने तयारीमा छ । जसअनुसार यही फेब्रुअरीमा सांघाईमा हुने एमडब्लूसी सांघाईका दौरान यो फोन सार्वजनिक हुनसक्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।